जोडिनुहोस
  • होमपेज
  • आर्थिक संकट, मुद्रास्फीतिको कारण पाकिस्तानमा अपराधका घटनामा वृद्धि

आर्थिक संकट, मुद्रास्फीतिको कारण पाकिस्तानमा अपराधका घटनामा वृद्धि

इस्लामाबादः पाकिस्तानले आफ्नो आर्थिक संकटलाई समाधान गर्न संघर्ष गरिरहेको बेला अपराध बढ्दै गएको छ।

पाकिस्तानका नागरिकले दैनिक उपभोग्य वस्तुको उच्च मूल्य वृद्धि धान्न नसकेका कारण भोकमरी बढ्दै गएको छ ।

पाकिस्तानी स्थानीय सञ्चारमाध्यमका अनुसार मानिसहरूमा भोकको शोक बढ्दै गएको छ र खाना नपाउँदा मानिसहरू निराशाबाट ग्रसित छन्।

शैक्षिक संस्थामा हुने निराशा र असन्तुष्टिले गर्दा बालबालिका लागुऔषध दुव्र्यसनी बन्दै गएका छन् ।

पछिल्लो समय पाकिस्तानमा हरेक दिन १ हजार २ सय बालक र बालिका धुम्रपानको लतमा फसेका छन् र हरेक वर्ष पाकिस्तनमा झण्डै एक लाख मानिसको धुम्रपानबाट मृत्यु हुने गरेको छ ।

पछिल्लो समय दैनिक ५ हजारभन्दा बढी मानिस विभिन्न कारणले अस्पतालमा भर्ना हुने गरेको पाकिस्तानी स्थानीय सञ्चार माध्यम डेली खबरले लेखेको छ ।

पाकिस्तानले खाद्य संकट, रुपैयाको अवमूल्यन, बिजुलीको अभाव लगायतका विषयमा सबैभन्दा खराब समयको सामना गरिरहेको छ।

यसअघि, जनवरीको पहिलो हप्तामा, कराँची प्रहरी प्रमुख जावेद आलम ओधोले सन् २०२२ मा सडक अपराधको संख्या अघिल्लो वर्षको तुलनामा बढेको स्वीकार गरेको समाचार एक्सप्रेस ट्रिब्यूनले लेखेको छ ।

पाकिस्तानी रुपैयाँको मूल्यमा आएको गिरावटका कारण पाकिस्तानमा विशेषगरी कराँची, लाहोर र इस्लामावादमा सडक अपराध बढेको बिजनेस ब्रोकरडरले जनाएको छ।

सडक अपराधमा वृद्धि पाकिस्तानको समाजमा बढ्दो असमानता, गरिबी र बेरोजगारीका मुद्दाहरूबाट उत्पन्न गहिरो अस्वस्थताको लक्षण हो। पाकिस्तानमा केही गिरोहहरू छन् जुन चुनौतीविहीन बन्दै गएका छन्। अझ डरलाग्दो कुरा के छ भने, लुटेराहरूले प्रतिरोध गरेमा मानिसहरूलाई गोली हानेर मार्ने गरेका छन्। २०२३ को पहिलो तीन महिनामा २१,००० भन्दा बढी घटनाहरू भएका छन् ।

यो वर्षको चार महिनामा लुटेराले ३४ जनाको ज्यान लिएका छन् भने १५० जना घाइते भएका छन् भने कार, मोटरसाइकल र मोबाइल लुटपाटका घटना २० हजार नाघेका छन् ।

रावलपिण्डीमा पनि सडक अपराधका घटना बढी रहेको छ । यहाँ ८९ घटनामा २९ जनाको मोटरसाइकल, ४२ मोबाइल फोन र ३५ लाखभन्दा बढीको सुनका गरगहना हराएको घटना प्रहरीमा उजुरी दर्ता भएको डनले जनाएको छ । सबै मुद्दा प्रहरीमा दर्ता भई अनुसन्धान थालिए पनि सहरमा सडक अपराध भने रोकिएको छैन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका