जोडिनुहोस
  • होमपेज
  • युनाईटेड च्याम्पियन्स लिग छनोटको नजिक

युनाईटेड च्याम्पियन्स लिग छनोटको नजिक

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शीर्ष चारको सम्भावनालाई बलियो बनाएको छ ।

शनिबार राति उल्भ्सलाई २–० गोल अन्तरले हराउँदै युनाईटेडले अर्को सिजन च्याम्पियन्स लिगको सम्भावनालाई बलियो बनाएको हो ।

इरिक टेन हगको टिमले लगातारको हारमा पूर्णविराम लगाउँदै च्याम्पियन्स लिग छनोटमा बलियो दाबेदारीता प्रस्तुत गरेको छ । ब्राइटन र वेस्ट ह्यामसँग खेल गुमाएपछि युनाईटेड लिभरपुल भन्दा एक अंकले मात्र अघि थियो । तर शनिबार प्राप्त जितले च्याम्पियन्स लिगको स्थानमा युनाईटेडले सम्भावनालाई बलियो बनाएको छ ।

पहिलो हाफमा एन्टोनी मार्टियलले गोल गर्दै युनाईटेडलाई अघि बढाएका थिए । चोटका कारण लामो समयपछि मैदान फर्किएका एलेक्जेन्ड्रो गर्नाचोले इन्जुरी समयमा गोल गर्दै युनाईटेडलाई तीन अंक दिलाए ।

युनाईटेडले तीन खेल बाँकी रहदा लिभरपुलसँग चार अंकको अग्रता कायम गरेको छ । उल्भ्स ४० अंक सहित तालिकाको १३ औं स्थानमा छ ।

अन्य खेलमा चेल्सीले नोटिंघम फरेस्टसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो । रहिम स्टर्लिङले चेल्सीका लागि दुई गोल गरेपनि लण्डन क्लबले जित निकाल्न सकेन । अर्को खेलमा एस्टन भिल्लाले टोटेनहमलाई २–१ गोल अन्तरले पराजित गर्यो ।

एस्टनका लागि जाकोब राम्सी र डगलस लुईसले एक एक गोल गरे । केनले पेनाल्टीमा टोटेनहमका लागि एक गोल फर्काए । प्राप्त जितले एस्टन भिल्लालाई युरोपा लिग छनोटको नजिक पुर्याएको छ ।

घरेल मैदानमा लगातार ६ जित र प्राप्त ५७ अंकले एस्टन भिल्लालाई तालिकाको सातौं स्थानमा उकालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका