Wed Aug 10 2022
देश

ललितपुरमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला

ललितपुर । ललितपुरको ज्वागलमा एक युवती झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

सर्लाहीको बागमती गाउँपालिका घर भएकी २२ वर्षीया रेखा शाह मृत भेटिएकी हुन् ।

घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा उनको शव परिवारका सदस्यले फेला पारेको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिएका छन् ।

अस्पताल लगेपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

शाहको माइती पक्षले चाहिँ उनको मृत्यु शंकास्पद रहेको दाबी गरेको छ । उनीहरुको भनाइमा दाइजो सम्बन्धी विवादमा शाहलाई परिवारले यातना दिइरहेको थियो ।

उनका अनुसार शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।