जोडिनुहोस
  • होमपेज
  • मोदी इनर्जीको आईपीओ बाँडफाँड

मोदी इनर्जीको आईपीओ बाँडफाँड

काठमाडौँ । मोदी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । आईपीओ आज आइतबार बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आईपीओ रिजल्ट हेर्न सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

कम्पनीको आईपीओमा १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि १२ लाख ३६ हजार २६९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ६ हजार ५२८ आवेदकको आवेदन रद्द भएको छ । बाँकी १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो । यी मध्ये ५ लाख ६१ हजार २२६ आवेदकले दश दश कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले यसअघि १ लाख २८ हजार ९१० कित्ता कम्पनीका कर्मचारीका लागि र सामूहिक लगानी कोष योजनाहरूलाई ३ लाख २२ हजार २८० कित्ता सुरक्षित गरी ५९ लाख ५९ हजार ४ सय २० कित्ता सेयर निष्कासन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका