Wed Jan 19 2022
मुख्य खबर

नेपालमा अरब सागरको निम्न चापीय प्रणालीको प्रभाव, हिमपातको सम्भावना

काठमाडौँ– नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको प्रभाव परेको छ । जसकारण सोमबार बिहान देशभर आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसो प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।