डिप्रेसनको ‘प्लेटफर्म’ सामाजिक सञ्जाल

डिप्रेसनको ‘प्लेटफर्म’ सामाजिक सञ्जाल
सोमवार, कार्तिक २२, २०७८

काठमाडौं । पछिल्लोपल्ट सामाजिक सञ्जालले मानवलाई तानिरहेको छ । सामाजिक सञ्जालले केही हदसम्म राम्रो पनि गरेको छ भने धेरै नराम्रो ।

पछिल्लो एक अध्ययनअनुसार सामाजिक सञ्जाल दिनप्रतिदिन जोखिमयुक्त बन्दै गएको बताइएको छ ।

यसले मानसिक मात्र नभई व्यक्तिको शारीरिक स्वास्थ्यमा बाधा पुगेको छ । सामाजिक सञ्जालले मानिसको हितभन्दा बढी नोक्सानी सिर्जना गरेको देखिन्छ ।

डिप्रेसनको ‘प्लेटफर्म’ भनेको समाजिक सञ्जालल भन्ने पछिल्लो अनुसन्धानाट थाहा हुन्छ ।

‘जनरल अफ ग्लोबल इन्फर्मेसन मेनेजमेन्ट’मा प्रकाशित एक शोधका अनुसार सामाजिक सञ्जालले मानसिक मात्र नभई व्यक्तिको शारीरिक स्वास्थ्यमा बाधा पुगेको छ ।

सन् २००३ देखि २०१८ को बीचमा सामाजिक सञ्जालबारे गरिएका ५० भन्दा बढी सोधलाई आधार मानेर सिड्नीको ‘युनिभर्सिटी अफ टेक्नोलोजी’ले सामाजिक सञ्जालका चार दर्जन बढी असर पत्ता लगाएको हो ।

सामाजिक सञ्जालको दुष्प्रभाव मुख्यगरी ६ प्रकारका हुने गरेको अनुसन्धानले बताएको छ ।

जसमा निजत्वको चिन्ता, सुरक्षा जोखिम, प्रदर्शनीमा कमी वा वृद्धिको चिन्ता, सामाजिक लेनदेन, हैरानी तथा दिक्दारी उत्पन गर्ने विषयवस्तु र साइबर अपराध वा हिंसालाई मुख्य समस्याको रुपमा लिइएको छ ।

मनोवैज्ञानिक डा. विनय मिश्रका अनुसार कोही व्यक्ति सामाजिक सञ्जाललाई मात्रै बढी महत्तव दिई त्यसमा व्यस्त हुन्छ र आफ्नो काम भुल्छ भने उसलाई सामाजिक सञ्जालको लत लागेको मान्न सकिन्छ । बिस्तारै त्यो लत बानी बनेर मानसिक तथा शारीरिक समस्या उत्पन्न हुन्छ ।

सामाजिक सञ्जालबाट हुने समस्याले डीएसएम भनिने एक रोगको शिकार बनाइदिने गर्छ । डीएसएम भनेको मानसिक स्वास्थ्यसम्बन्धी एक रोग वा समस्या हो ।
यसलाई अर्को शब्दमा ‘बाइबिल’समेत भनिन्छ । यो रोग देखा पर्दा व्यक्तिमा मानसिक विसंगति वा असन्तुलन देखा पर्दछ ।

यसमा डराउनेदेखि डिप्रेसनसम्मका समस्या पदर्छन् । यो रोग लाग्दा सामाजिक सञ्जालको लत जुवा खेल्दाजस्तै हुन्छ ।

पहिलो सामाजिक सञ्जाल प्लेटफर्मको रुपमा सन् १९९७ मा डिग्रिज नाम गरेको सञ्जाल संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सञ्चालन गरिएको थियो । एक समय यसको ३५ लाखभन्दा बढी प्रयोगकर्ता थिए । जसको स्थापना एन्ड्रुक विनरिचले गरेका थिए ।

यता २००२ मा भने फ्रेन्डस्टर नाम गरेको सामाजिक सञ्जाल आयो भने २००३ मा लिंक्डइन शुरु भयो । त्यसै वर्ष माइस्पेस र सन् २००४ मा हाइफाइभ नाम गरेको सामाजिक सञ्जाल पनि शुरु भयो ।

त्यसै वर्ष शुरु भएको फेसबुकले भने सबै मानिसको जीवन बदलिदियो । अहिले संसारमा दुई अर्ब ८५ करोड प्रयागकर्ताले फेसबुक चलाइरहेका छन् ।

तथ्यांकको अनुसार ५४ करोड प्रयोगकर्ताको साथमा ह्वाट्सएप भारतमा प्रयोग हुने सबैभन्दा प्रमुख सामाजिक सञ्जाल बनेको छ ।

यस्तै प्रयोगकर्ताको आधारमा भारतमा युट्युब दोस्रो र फेसबुक तेस्रो स्थानमा पर्छ ।

भारतमा युट्युब चलाउने प्रयोगकर्ताको संख्या करिब ४५ करोड रहेको छ जब कि त्यहाँ ४१ करोड मानिसले फेसुबक प्रयोग गर्छन् ।

पछिल्ला वर्षमा भारतमा इस्टाग्राम प्रयोगकर्ता २१ करोड हाराहारी रहेको तथ्यांक छ ।