Mon Jan 24 2022
आर्थिक

नेपाल लाइफका सीईओ सन्तोष प्रसाईंले दिए राजीनामा

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष प्रसाईले पदबाट राजीनामा दिएका छन् । तत्कालिन सीईओ विवेक झाको कार्यकाल सकिएपछि उनको बिदाईसँगै गत माघ २८ गते कम्पनीको सञ्चालक समितिले उनलाई सीईओ नियुक्त गरेको थियो। तर नियुक्त भएको नौ महिनामै प्रसाईंले राजीनामा दिएका छन्। प्रसाईको राजीनामा कम्पनी संचालक समिति र बीमा समितिमा बुझाएका थिए ।

कम्पनीको सञ्चालक समितिसँग विवाद बढेपछि प्रसाईले कार्यकाल पूरा नहुँदै राजीनामा दिएको जनाइएको छ । यद्यपी कम्पनीले भने व्यक्तिगत कारण देखाउँदै प्रसाईंले राजीनामा दिएको जनाएको छ। यसैबीच, कम्पनीले कार्यवाहक प्रमुख अधिकृतको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीलाई दिएको जनाएको छ।