Thu Jan 20 2022
आर्थिक

६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको लागि १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । ९१ दिने ट्रेजरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २०७९ वैशाख २७ मा परिपक्व हुनेछ ।
मंगलबार जारी हुने ट्रेजरीका लागि राष्ट्र बैंकले आज सहभागी हुने क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थामध्ये सर्वाधिक कबोल गर्नेलाई ट्रेजरी बिल जारी गर्नेछ ।