Wed Jan 26 2022
मुख्य खबर

थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।२ हजार ६०६ जनाको पिसिआर परीक्षण र २४२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ७ हजार ६५४ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ।

४२५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।