जोडिनुहोस
  • होमपेज
  • १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ । सरकारले पाँच वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले केन्द्रीय बैंकमार्फत यस्तो ऋण उठाउने भएको हो । नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्ने भएको छ । यसको बोलकबोल मंगलबार अर्थात् जेठ २ गते गर्ने भएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तल उलेल्लखित मिति र समयभित्र बोलकबोल पेस गर्न बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।

इच्छुक लगानीकर्ताले मंगलबार दिउँसो ३ बजेभित्र प्रस्तावित ब्याजदरसहित ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।

२०८० जेठ ३ गते जारी हुने ऋणपत्र आगामी २०८५ जेठ ३ गते परिपक्क हुने बैंकले जनाएको छ । ऋणपत्रको ब्याजदर भने बैंकले अर्धवार्षिक अर्थात् ६÷६ महिनामा भूक्तानी दिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका