Wed Jan 19 2022
अन्तर्राष्ट्रिय

अफगानिस्तान भोकमरीको शिकारमा

काठमाडौं । द्वन्द्वको चपेटामा परेको अफगानिस्तानका स्थानीय भोकमरीको समस्याबाट गुज्रन थालेका छन् ।

अहिले अफगानिस्तान विश्वको सबैभन्दा खराब मानवीय संकटको साक्षी भएको उल्लेख गर्दै विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड बेजलीले ९५ प्रतिशत अफगानी जनतासँग पर्याप्त खाद्यान्न नभएको बताएका छन् ।

उनले २३ प्रतिशत जनता भोकमरीतर्फ उन्मुख रहेको र ९० लाखभन्दा बढी मानिस भोकमरीबाट पीडित भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघले विश्वका सबै नेताहरुलाई यो संकट समाधानका लागि हरसम्भव प्रयास गर्नुपर्ने बताएको छ ।