Mon Aug 8 2022
आर्थिक

सेयर बजारमा भारी अंकको गिरावट, ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ। आज सेयर बजारमा भारी अंकको गिरावट देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटेर २७४९ दशमलव ८५ बिन्दुमा पुगेको छ । नेप्से आज २ दशमलव ८२ प्रतिशतले घटेको हो ।

यता ठूलो कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १६ दशमलव ०२ अंकले घटेर ५१२ दशमलव ८२ बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज एक करोड १९ लाख कित्ता माथि सेयर बजारमा एक लाख भन्दा बढी पटक किनबेच हुँदा कुल ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । गत सोमबार १९ अंकले घटेको बजारमा ४ अर्ब ४२ करोडको कारोबार भएको थियो ।