जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनाको तुलनामा आज मंगलबार १०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य आज तोलामा १ लाख ११ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँ कायम थियो ।

यस्तै, आज मंगलबार चाँदीको मूल्य भने स्थिर कायम भएको छ । हिजो सोमबारकै मूल्यमा आज चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको कारोबार मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका