जोडिनुहोस
  • होमपेज
  • प्रहरी हिरासतमा रहेका आङटावाको टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुर्याइयो

प्रहरी हिरासतमा रहेका आङटावाको टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुर्याइयो

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा सोमबार आफैँ प्रहरीमा उपस्थित भएका पूर्व सभासद् आङटावा शेर्पालाई टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुर्‍याइएको छ।

काठमाडौं प्रहरीका अनुसार उनी डिस्चार्ज पनि भइसकेका छन्। काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले बिहान ४ बजे अस्पताल लगिएको बताए।

टाउकोमा चोट लागेकाले उनलाई तत्कालै वीर अस्पताल पुर्‍याइएको उनले जानकारी दिए। ‘तर उहाँ डिस्चार्ज भइसक्नु भएको छ’, एसपी रिजालले भने । प्रहरीले आङटावा बाथरुममा लडेका कारण घाइते भएको दाबी गरेको छ।

‘बाथरुम जाँदा चिप्लिनु भएछ’, उनले भने। उनी प्रहरी हिरासतमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हिरासतमा रहेका बिचौलियालाई बयान फेर्न आङटावाले दबाब दिएको आरोप लागेको थियो। रामेछापका उनी नेपाली कांग्रेसका पूर्व सभासद् हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका