जोडिनुहोस
  • होमपेज
  • संसद् र सरकार अरूले चलाउँदो रहेछ, हामी त डमीमात्र : मन्त्री किराँती

संसद् र सरकार अरूले चलाउँदो रहेछ, हामी त डमीमात्र : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले संसद र सरकार अरुले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन् ।

मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले आफूले मन्त्रीको रूपमा सो अनुभूति गरेको बताए ।

मन्त्री किराँतीले मन्त्री अरुले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नुपरेको गुनासो गरे । पर्यटन क्षेत्रमा धैर ऐन बदल्नुपर्ने आवश्यक्ता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरूलाई उनले आग्रहसमेत गरे ।

उनले भने, ‘यहाँ अरुले नै संसद चलाउँदो रहेछ । हामी त डमीमात्रै रहेछौं । अरुले नै चलाउँदो रहेछ मन्त्री त । हामी त शोकेशको मान्छे मात्रै रहेछौं । मलाई लागेको कुरा यो हो । हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ । र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ । संसदमा हाम्रो सक्रिय भूमिका भइदिनु पर्‍यो । चासो गरिदिनु पर्‍यो । तपाईँहरूले बोलिदिनु पर्‍यो । अनिमात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ । ’

उनले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषदबाट पास गराएर संसदमा पेश गर्ने उल्लेख गर्दै त्यसलाई छिटो पास गरिदिन पनि सांसदहरूको ध्यानाकर्षण गराए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका