Fri Jan 28 2022
अन्तर्राष्ट्रिय

विद्यालयमा आगलागी हुँदा २६ विद्यार्थीको मृत्यु

काठमाडौँ– दक्षिणी नाइजरमा रहेको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २६ जना विद्यार्थीको मृत्यु भएको छ ।

मराठी शहरमा पराल र काठबाट बनेको कक्षाकोठामा आगलागी हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

आगलागीमा परेर मृत्यु हुने ५ र ६ वर्ष उमेर समूहका बालबालिका छन् । यसअघि गत अप्रिलमा नियामीको एक मजदुरहरुको बसोबास रहेको जिल्लाको एक विद्यालयमा भएको आगलागीमा परि २० जना बालबालिकाको मृत्यु भएको थियो ।

घटनाप्रति दुख व्यक्त गर्दै राष्ट्रपति मोहम्मद बाजुमले तत्काल काठको संरचनाहरू प्रतिस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् ।