जोडिनुहोस
  • होमपेज
  • संसदीय समिति सञ्चालनका लागि आचारसंहिता बनाउनुपर्छ : सांसद थापा

संसदीय समिति सञ्चालनका लागि आचारसंहिता बनाउनुपर्छ : सांसद थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले समिति सञ्चालनका लागि आचारसंहिता बनाउनुपर्ने बताएका छन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समिति सचिव र सभापतिबीच छलफल भइसकेपछि समितिको बैठक बोलाइहाल्ने परम्परा रहेको भन्दै समितिको बैठक कति समयअघि बोलाउने र विषय वस्तुहरु कस्ता राख्ने भन्नेबारेमा आचारसंहिता बनाएर अघि बढ्न जरुरी रहेको बताए ।

समितिको बैठक आकस्मिक समय बाहेक अन्य समयमा बोलाउन निश्चित समय अवधि तोक्नुपर्ने उनले बताए । समितिको विषयवस्तु छनोटको बारेमा पनि सोच्न जरुरी रहेको उनले बताए । समितिको बैठकमा प्रयोग हुने भाषाका सन्दर्भमा पनि आचारसंहितामा राख्न आवश्यक रहेको उनले बताए ।

सांसद थापाले समितिमा विधेयकको छलफलका लागि पनि कार्यतालिका बनाएर अघि बढ्न सुझाव दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका