Fri Jan 28 2022
मुख्य खबर

भारतमा कोरोना थपिने र मुक्त हुनेको संख्या बराबर

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार त्यहाँ १२ हजार ८१६ जना संक्रमणमुत्त भएका छन् ।

आज करिब ५ सय बढी भए पनि प्राय त्यहाँ दैनिक थपिने कोरोना संक्रमितमभन्दा संक्रमणमुक्त हुने करिब बराबर रहेका पाइएको छ ।

गत २४ घण्टामा मात्रै ४८० जना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरानाका कुल संक्रमितको संख्या ३ करोड ४३ लाख ८६ हजार ७८६ पुगेको छ । तीमध्ये ३ करोड ३७ लाख ७६ हजार ५३ जना निको भइसकेका छन् भने ४ लाख ६१ हजार ८२७ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ सकृय संक्रमितको संख्या एक लाख ४८ हजार ९०६ रहेको छ ।