Mon Jan 24 2022
मुख्य खबर

थप ४ सय ४० जनामा संक्रमण पुष्टि, ४ सय ७४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ६ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ । यस्तै २४ घण्टामा ४७४ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ७५९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९७९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९६ हजार ७८० निको भएका छन् ।

अहिले सम्म कोरोना संक्रमणबाट ११ हजार ४६० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेको छ ।