जोडिनुहोस
  • होमपेज
  • राप्रपा केन्द्रीय समिति बैठक आज पनि

राप्रपा केन्द्रीय समिति बैठक आज पनि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको जवाफ आज दिनेछन् ।

अध्यक्ष लिङ्देनले पेस गरेको राजनीतिक प्रतिवेदन उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले सङ्गठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको आर्थिक सम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेको धारणाको जवाफ दिइने प्रवक्ता सगुन लावतीले जानकारी दिए । हिजोको बैठक ९ घन्टासम्म चलेको थियो भने सबै केन्द्रीय सदस्यहरूले ३–३ मिनेटमा आफ्नो धारणा राखेका थिए ।

अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विदेशी इशारामा चल्न थाले पछि सरकार छाडनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि विदेशी संलग्न रहेको, प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा रहेको, सरकार निर्माण र विघटनमा बाह्य प्रभावका रहने गरेको र जसकाकारण राष्ट्रिय लज्जाको विषय बन्न पुगेको जस्ता बुदाँ उल्लेख गरेर प्रतिवेदन पेस गरेका छन् ।

भ्रष्टाचारको विरुद्धमा निमर्म भएर उभिन पनि पार्टी पङ्क्तिलाई आग्रह गरेका अध्यक्ष लिङदेनले मुख्य दलका अराजनीतिक गतिविधि र भ्रष्ट प्रवृत्तिका कारण संवैधानिक राजतन्त्रको औचित्य अझै बढन गएको निष्कर्षसहित पेस गरेका प्रतिवेदनमा हिजो केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए ।

जसअनुसार अध्यक्षको प्रतिवेदनको केही बुदाँहरु संशोधन गर्नुपर्ने केन्द्रीय सदस्यहरूको धारणा रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका