Fri Jan 28 2022
अन्तर्राष्ट्रिय

भारतमा २६४ दिन पछिकै सवैभन्दा कम संक्रमित, ९८.२५ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतका कोरोनाभाइरसबाट थप ११ हजार ४६६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

अघिल्लो दिनको तुलनामा यो सङ्ख्या केही बढेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३९ हजार ६८३ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

यो सङ्ख्या २६४ दिन पछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये ९८.२५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा गएको जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी १ अर्ब ६ करोडभन्दा बढी मानिसले कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेका छन् ।