Wed Jan 19 2022
देश

आज देशभर मौसम सफा रहने

काठमाडौं । आज नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नपरेकोले देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो र रातिको मौसम पनि सफा रहने छ ।

पूर्वानुमानका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने साथै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, शुक्रबार दिउँसो र राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ।

शनिबार दिउँसो र राति पनि देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जारी पूर्वानुमानमा उल्लेख गरिएको छ ।