Thu Jan 20 2022
देश

बाँके काँग्रेस कार्यालयमा कार्यकर्ताले गरे तालाबन्दी

काठमाडौं । नेपाली काँग्रेस बाँकेको कार्यालयमा तालाबन्दी गरिएको छ ।

दुई सय ३९ फर्जी सदस्यता थपे भन्दै बाँके क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले बिहीबार तालाबन्दी गरेका हुन् ।

क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले एकलौटी सदस्यता वितरण गरेको भन्दै यहाँ पहिलादेखि नै सदस्यता विवाद थियो ।

उक्त फर्जी नाम फिर्ता आएपछि मात्र ताला खोलिने जिल्ला नेता पोषण केसीको जानकारी दिएका छन् ।

सदस्यता विवाद मिलेपछि काँग्रेसको अधिवेशन कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा वडा अधिवेशन, कात्तिक ३० गते गाउँपालिका÷नगरपालिका अधिवेशन हुन लागेको थियो ।

सदस्यता विवाद पुनः सतहमै आएको छ। तर पार्टी सभापति किरण कोइरालाले यसलाई समाधान गरी तोकिएकै मितिमा अधिवेशन गर्ने बताएकी छन् ।