Thu Jan 27 2022
मुख्य खबर

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन खुल्यो, १५ दिन भित्रमा आवेदन दिन सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा आवेदन खुलेको छ। बिहिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गरी १५ दिन भित्रमा आवेदन दिन सकिने जानकारी गराएको हो।

मन्त्रालयका अनुसार आवेदन मंसिर ९ गतेसम्म सिफारिस समितिको सचिवालय र शिक्षा मन्त्रालयको कार्यालयमा दरखास्त दिन सकिने छ। कुनै पनि राजनीतिक दलमा सदस्य नभएको व्यक्तिले मात्र आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ।