Sat Jan 22 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा १ सय ५३ कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा १ सय ५३ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११०, ललितपुरमा ३६ र भक्तपुरमा ७ संक्रमित छन्।

यस्तै काठमाडौं उपत्यकामा १ हजार ४९९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५ सय १०, ललितपुरमा ४ सय ९७ र भक्तपुरमा ४ सय ९२ सक्रिय संक्रमित छन्।