Wed Jan 19 2022
खेलकुद

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टि-२० विश्वकपको फाइनलमा प्रवेश

पाकिस्तानलाई पराजित गर्दै अष्ट्रेलिया टी ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

बिहीबार दुबईमा भएको रोमाञ्चक खेलमा अष्ट्रेलिलाई पाँच विकेले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले ५ विकेट गुमाउँदै १९ ओभरमा भेटायो ।

म्याथ्यु वेडले शाहीन शाह अफ्रिदीको ओभरमा लगातार तीन छक्का प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाए ।

निकै प्रतिस्पर्धात्मक खेलमा कितबेला अष्ट्रेलिया अगाडि हुन्थ्यो भने कतिबेला पाकिस्तान । तर, अन्तिम २ ओभरमा २२ रन आवश्यक हुँदा अष्ट्रेलियाले एकै ओभरमा २२ रन बनायो ।

अष्ट्रेलियाको जितमा वेडले नटआउट १७ बलमा ४१ रन बनाए भने मार्सक स्टोइनिसले ४० रन बनाए । डेबिड वार्नरले ४९ रन बनाएका थिए ।

पाकिस्तानका लागि सादब खानले ४ विकेट लिए पनि अन्य बलर सफल नहुँदा पाकिस्तान उपाधि होडबाट बाहिरियो ।

आईसीसीको कुनै पनि इभेन्टको नकआउटमा पाकिस्तानले हालसम्म अष्ट्रेलियालाई पराजित गर्न सकेको छैन ।

अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा न्यूजिल्याण्डसँगको भेटलाई पक्का गरेको छ ।

न्यूजिल्याण्डले इंग्ल्याण्डलाई पारजित गर्दै फाइनलको यात्रा गरेको थियो ।

यी दुबै टिमले हालसम्म टी ट्वान्टी विश्वक कपको उपाधि जित्न सकेका छैनन् ।

त्यसैले यो पटक नयाँ विजेता बन्ने पक्का भएको हो । फाइनल खेल आगामी सोमबार हुनेछ ।