Wed Jan 26 2022
खेलकुद

विश्वकप छनोटमा पोर्चुगल आयरल्याण्डसँग बराबरीमा रोकियो

विश्वकप फुटबलको युरोपेली छनोटमा पोर्चुगलले घरेलु टोली आयरल्याण्डसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

गए राति अविवा रंगशालामा भएको खेलको अन्तिम समयमा रोनाल्डोले दुई गोल गर्दै पोर्चुगललाई जित दिलाएका थिए ।

पोर्चुगलले अब आईतबार सर्बियासँग प्रतिस्पर्धा गर्नेछ । समूह एमा पोर्चुगल र सर्बियाको समान १७ अंक छ । छनोटमा दुवै टिमले मात्र एक खेल बाँकी रहेको छ ।

आयरल्याण्ड ६ अंक सहित तालिकाको चौथो स्थानमा छ । उसको विश्वकपको यात्रा भने टुङ्गिसकेको छ ।