राष्ट्रपति सी जिनपिङलाई चीनको सबैभन्दा शक्तिशाली नेता घोषित गरिएको छ ।
चीनको कम्युनिस्ट पार्टीको शासनकालमा माओत्से तुङ र देङ स्याओ पिङपछि सी चिनफिङ शक्तिशाली नेता देखिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
४ दिनदेखि बेइजिङमा जारी चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय बैठकले पार्टीको इतिहासबारे नयाँ प्रस्ताव पारित गरेको उल्लेख छ ।
बैठकमा ‘ऐतिहासिक संकल्पपत्र’ जारी गरिएको थियो ।
जसमा चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्षको उपलब्धिबारे छलफल भएको थियो ।
सी जिनपिङले विगतमा माओ र देङले जस्तै ऐतिहासिक प्रस्ताव पारित गराउन सफलता हासिल गरेर शक्तिशाली बनेको जनाइएको छ ।
यस्तो प्रस्ताव सन् १९४५ मा माओले र सन् १९८१ मा देङले पारित गराएका थिए ।
अब त्यहाँका विद्यालय र कलेजहरूमा सी जिनपिङलाई आदर्श मानेर उनको बारे पढाइनेछ अब चीनमा जिनपिङ विरुद्ध बयानलाई अपराध मानिनेछ ।