Mon Jan 17 2022
आर्थिक

सुनको मुल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार ४०० पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० तोकिएको छ । चाँदीको मूल्य रु १५ ले बढेर एक हजार २८५ तोकिएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।