जोडिनुहोस
  • होमपेज
  • आइपीएल : हैदराबाद र बेंगलोर भिड्दै

आइपीएल : हैदराबाद र बेंगलोर भिड्दै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल)मा आज बिहिबार एक खेलको आयोजना हुदैछ ।

आज हुने खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र सनराईजर्स हैदराबादबीच खेल हुनेछ ।

हैदराबादको घरेलु मैदान राजिब गान्धि क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठमा सुरु हुनेछ ।

पछिल्लो खेलमा बलियो मानिएको राजस्थान रोयल्सलाई १ सय १२ रनको फराकिलो अन्तरले पराजित गरेको बेंगलोर उच्च लयमा रहेको छ ।

बेंगलोर १२ खेलमा ६ जित र ६ हारका साथ पाँचौ स्थानमा रहेको छ । यस खेलमा जित हात पारेर बेंगलोर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।

प्रतियोगिताबाट बाहिरिसकेको हैदराबाद बेंगलोविरुद्ध जित दर्ता गरेर बेंगलोरलाई प्लेअफको सम्भावनाबाट पर पुर्याउन चाहन्छ ।

१२ खेलमा ४ जित र ८ हारका साथ हैदराबाद अंक तालिकाको पुछारमा रहेको छ ।

दुई टोलीबीच भएका पछिल्ला पाँच खेलमा हैदराबाद बलियो देखिएको छ । हैदराबाद पाँच मध्ये तीन तथा बेंगोलरले दुई खेल जितेको छ ।

दुई टोलीबीच सिजनको पहिलो खेल हो । २०२२ मा भएको पछिल्लो खेलमा बेंगलोर ६७ रनले विजयी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका