Thu Aug 18 2022
मुख्य खबर

मंसिर दोस्रो साता कक्षा १२ को नतिजा आउने

काठमाडौँ– कक्षा १२ को नतिजा आगामी मंसिर दोस्रो साताभित्र आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका प्रवक्ता जघनबहादुर अर्यालले नतिजा सम्बन्धी काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेकाले मंसिर दोस्रो साताभित्र प्रकाशन गर्ने तयारी रहेको बताए । अहिले नतिजा रुजु गर्ने, कपी जाँच गर्नेलगायतका काम एकै पटक भइरहेको उनले जानकारी दिए ।

बोर्डले कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ सम्म सञ्चालन गरेको थियो । परीक्षाका लागि ३ लाख ७२ हजार ३४८ जना विद्यार्थीहरुले परीक्षा आवेदन फारम भरेको बोर्डले जनाएको छ ।