Mon Jan 17 2022
देश

फेसबुक मार्फत वडा अध्यक्षलाई गालिगलौज गरेको भन्दै सरकारी सेवा सुविधामा प्रतिबन्ध लगाइयो

रुकुम पश्चिम । सामाजिक सञ्जाल फेसबुक मार्फत वडा अध्यक्षलाई गालिगलौज गरेको भन्दै सल्यानका एक स्थानीय लाई वडाबाट प्राप्त हुने सबै सेवासुविधामा प्रतिबन्ध लगाइएको छ। सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष प्रेमबहादुर पुनविरुद्ध फेसबुकमा स्टाटस लेख्ने दिलबहादुर केसीलाई सरकारी सेवा सुविधामा प्रतिबन्ध लगाइएको हो ।

वडा अध्यक्ष प्रेम बहादुर पुनले आफुलाई सामाजिक सञ्जालमा “छोटे राजा” को संज्ञा दिएपछि आफुले सोही वडाका दिल बहादुर केसी लाई वडा बाट प्रदान गरिने सरकारी सेवासुविधा बाट बञ्चित बनाएको बताए ।

सोही वडाको सिमखानीका स्थानीय बासिन्दा दिल बहादुर केसीले वडाध्यक्ष र सदस्य सहित अन्य जनप्रतिनिधिलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको भन्दै केसीलाई वडाबाट दिइने सरकारी सेवा सुबिधा बाट बञ्चित गरिएको छ ।

बिज्ञप्तिमा भनिएको छ, सिमखानीका दिलबहादुर केसीले मनपरि रुपमा वडाअध्यक्ष ,सदस्य लगायतका जनप्रतिनिधिलाई छोटेराजाको दमनको संज्ञा दिई सामाजिक सञ्जालमा चरीत्र हत्या गर्ने,अनावश्यक शब्द आरोपहरु लगाएको हुँदा निजले कमजोरी नसच्याए सम्म वडा कार्यालय बाट दिइने सबै सेवासुविधा बाट बन्चित गरिएको छ।

अध्यक्ष पुनले हस्ताक्षर गरेको बिज्ञाप्तिमा केसीलाई अराजक व्यक्तिको संज्ञा दिँदै सबै वडाबासीलाई भ्रममा नपर्न आग्रह समेत गरिएको छ। पुन नेकपा माओवादी केन्द्र बाट निर्वाचित वडाअध्यक्ष हुन् ।