Mon Jan 24 2022
देश

सुदूरपश्चिमका प्रदेश प्रमुख जोशीले गरे पदभार ग्रहण

धनगढी : सुदूरपश्चिमका नवनियुक्त प्रदेश देवराज जोशीले पदभार ग्रहण गरेका छन्। शुक्रवार प्रदेश प्रमुखको कार्यालय धनगढी पुगेर जोशीले पदभार ग्रहण गरेका हुन्। प्रदेश कार्यालय पुग्नेबित्तिकै प्रदेशका मन्त्री, प्रदेश सांसद, सुरक्षाकर्मी, कर्मचारीलगायतले फूलमालासहित स्वागत गरेका थिए।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, आर्थिक योजना तथा मामिलामन्त्री तारालामा तामाङ, धनगढी उपमहानगर प्रमुख नृपबहादुर वड, उपमेयर सुशीला मिश्र भट्टलगायतले स्वागत गरेका थिए।

प्रदेशका मुख्यसचिव र संघीय सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखले पनि स्वागत गरे। स्वागत तथा अभिनन्दन गरेलगत्तै नेपाली सेनाको एक टुकडीले प्रदेश प्रमुख जोशीलाई सलामी दिएको थियो।