Mon Jan 24 2022
मुख्य खबर

पौडेल समूहमा चुलियो असन्तुष्टि, प्रकाशमान गएनन् बैठकमा

नेपाली काँग्रेसको आगामी १४ औं महाधिवेशन नजिकिँदै गर्दा संस्थापन इतर समूहमा असन्तुष्टि बढेको छ । इतर पक्षका नेताहरु एक ठाउँ उभिएर संस्थापनविरुद्ध साझा उम्मेदवार तय गर्ने विषयमा पटक पटक प्रयास भएपनि पछिल्लो समय त्यो विफल हुँदै आएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको संस्थापन इतर समूहको केन्द्रीय सदस्यको बैठकमा शुक्रबार सोही समूहका प्रभावशाली मानिएका प्रकाशमान सिंह अनुपस्थित भएपछि संस्थापन इतर समूहभित्रको असन्तुष्टि प्रष्ट रुपमा बाहिर आएको हो ।

महामन्त्री शशांक कोइरालाले सिंह व्यस्तताका कारण बैठकमा नआएको प्रतिक्रिया दिए । सिंह पछिल्लो समय पौडेलसँग असन्तुष्ट छन् भने उनले पौडेल र देउवाबाटै पार्टी चल्न नसक्ने अभिव्यक्ति नै दिएका छन् ।

आजको राजधानी दैनिकमा समाचार छ ।