काठमाडौं । देशभर थप २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भने थप २ जनाको मृत्यु भएको छ ।
४७८ जना सङ्क्रमणमुक्त भएका छन् ।
८ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २६० तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ७ हजार २७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९७ हजार ९२६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।
ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४७१ को पुगेको छ ।
देशभर थप ३४ हजार ७१६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।