Mon Jan 24 2022
खेलकुद

कतार विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना विजयी

काठमाडौं । कतार विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना विजयी भएको छ ।

अर्जेन्टिनाले उरुग्वेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जिताउनका लागि एन्जल डी मारियाले सातौं मिनेटमा गरेको गोल नै निर्णयक बन्न पुग्यो । जीतपछि अर्जेन्टिनाले १२ खेलबाट २८ अंक जोडेको छ ।

शीर्ष स्थानमा रहेको ब्राजिल समान खेलबाट ३४ अंक जोडेको छ । ब्राजिल भने यसअघि नै विश्वकपका लागि छनोट भएको थियो ।