Tue Jan 18 2022
मुख्य खबर

न्यायालयमा देखिएको समस्या समाधान गर्नु सरकारको जिम्मेवारी होइन : टोपबहादुर रायमाझी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले न्यायालयमा देखिएको समस्या समाधान गर्न सरकार जिम्मेवार नभएको आरोप लगाएका छन् ।

नेता रायमाझीले न्यायालयमा देखिएको समस्याको दोष प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मात्रै लगाएर अन्य न्यायाधीशहरुलाई चोख्याउने पक्षमा आफ्नो पार्टी नरहेको पनि बताए ।

नेता रायमाझीले एमसीसी संसदबाट पारित गर्ने÷नगर्ने भन्ने कुरा सरकारले प्रस्ताव ल्याएपछि मात्रै आफ्नो पार्टीको धारणा आउने बताए । उनले सरकारले विकास र समृद्धिको बारेमा चासो समेत नदिएको भन्दै आपत्ति जनाए ।