जोडिनुहोस
  • होमपेज
  • साउदी अरबको जेद्दाहमा अरब लिगको शिखर सम्मेलन

साउदी अरबको जेद्दाहमा अरब लिगको शिखर सम्मेलन

जेद्दाह । साउदी अरबको जेद्दाह शहरमा अरब लिगको ३२ औँ शिखर सम्मेलन शुक्रबारदेखि शुरु भएको छ । सम्मेलन यस क्षेत्रको स्थायित्वका लागि महत्वपूर्ण क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा छलफल गर्न अरब नेताहरूको सहभागितामा सुरु भएको हो ।

सन् २०११ मा सिरियाली गृहयुद्ध शुरु भएपछि अरब लिगबाट निलम्बित सिरियाका राष्ट्रपति बसर अल असद पहिलो पटक शिखर सम्मेलनमा सहभागी भएका छन् । अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्देर रहमानेको उद्घाटन सम्बोधनसँगै शुरू भएको सम्मेलनले अरब क्षेत्रको शान्ति, सुरक्षा र स्थायित्वका लागि आफ्ना एजेण्डा तय गरेको छ ।

साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदलाई अरब लिगको आलोपालो अध्यक्षको जिम्मेवारी पनि सुम्पिएको अल अरबिया टिभीले जनाएको छ । सम्मेलनको उद्घाटन सत्रमा बोल्दै बेनाब्देर रहमानेले सुडानमा हालैको सङ्कटबारे सबै पक्षलाई संकट अन्त्य गर्न र देशमा थप तनाव हुन नदिन वार्ताको सहारा लिन आह्वान गरेका छन् ।

उनले प्यालेस्टाइन–इजरायल द्वन्द्वलाई पनि जोड दिँदै अन्तर्राष्ट्रिय समुदायलाई इजरायलको बस्ती विस्तार रोक्न आग्रह गरे । अरब लिगको अध्यक्षता ग्रहण गरेपछि साउदी राजकुमारले अरब लिगमा सिरियाको पुनरागमनको स्वागत गर्दै शिखर सम्मेलन सुरु भएको घोषणा गरेका थिए ।

उनले सिरियालाई अरब लिगमा फिर्ता गरेसँगै देशमा सङ्कट अन्त्यका लागि मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे । उनले सुडानका द्वन्द्वरत पक्षहरूबीच गत हप्ता भएको सहमतिको स्वागत गर्दै सङ्कट अन्त्यका लागि वार्ताको आवश्यकता दोहोर्याएका थिए । प्यालेस्टाइनको मुद्दा अरबको ‘निर्णायक कारण’ रहेको उल्लेख गर्दै युवराजले साउदी अरबले यस क्षेत्रलाई द्वन्द्वको क्षेत्रमा रूपान्तरण गर्न नदिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?