जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : तीन खेल हुँदै

‘ए’ डिभिजन लिग : तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार तीन खेलहरु हुँदैछन् ।

लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत आइतबार तीन खेलहरु हुनेछन् । जसमा दुई दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र मनाङबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एपीएफ आज सातौं जितको योजनामा हुनेछ । एपीएफ १९ खेलमा २२ अंक जोडेर दशौं स्थानमा रहेको छ ।

मनाङ छैटौं जितको खोजीमा हुनेछ । मनाङ १९ खेलमा २३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

जावलाखेल दशौँ जितको योजनामा छ । जावलाखेल १९ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

संकटा छैटौं जितको योजनामा रहेको छ । संकटा १९ खेलमा २२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

च्यासल मैदानमा न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एनआरटी आज छैटौं जितको खोजीमा हुनेछ । एनआरटी १९ खेलमा २३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

मछिन्द्र नवौं जित निकाल्न चाहन्छ । मछिन्द्र १९ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका