जोडिनुहोस
  • होमपेज
  • कोलकत्तामाथि रोमान्चक जित निकाल्दै लखनउ प्लेअफमा

कोलकत्तामाथि रोमान्चक जित निकाल्दै लखनउ प्लेअफमा

काठमाडौं । कोलकत्ता नाईट राईडर्समाथि रोमान्चक जित दर्ता गर्दै लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग(आइपीएल)को शीर्ष चारमा रहदै प्लेअफमा स्थान पक्का गरेको छ ।

कोलकत्ताको घरेलु मैदान इडन ग्रार्डेनमा लखनउले १ रनको रोमान्चक जित दर्ता गरेको हो ।

लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन मात्र बनायो ।

कोलकत्ताका लागि रिंकु सिहले ३३ बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित ६७ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् ।

सुरुआत राम्रो रहेको कोलकत्ताका लागि ओपनरद्वय जेसन रोय र वेंकटेस अय्यरले ३५ बलमा ६१ रनको सानदार साझेदारी दिलाएका थिए ।

रोयले २८ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए । अय्यरले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए ।

चौथो नम्बरमा ब्याटिङमा आएका रहमानउल्लाह गुर्बाजले १५ बलमा १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लखनउका लागि रवि विश्नोई र यश ठाकुरले समान २/२ तथा कप्तान कुर्नाल पान्ड्या र कृष्णपा गौथमले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

लखनउका लागि निकोलस पुरनले ३० बलमा ४ चौका र ५ छक्काको साथमा ५८ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।

तेस्रो ओभरमा नै पहिलो विकेट गुमाएको लखनउका लागि प्रेरक मंकडले २० बलमा ५ चौकाको सहयोगमा २६ रन बनाए ।

आयुष बदोनीले २१ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । ओपनर क्विटन डि ककले २७ बलमा २ छक्काको सहयोगमा २८ रन बनाए ।

कोलकत्ताका लागि सुनिल नारेन,बैभब अरोरा र शार्दुल ठाकुरले समान २/२ तथा हर्षित राणा र वरुण चक्रवर्तीले समान १/१ विकेट लिएका थिए ।

जितसँगै १४ खेलमा ८ जित र ५ हार सहित १७ अंक जोडेको लखनउले तेस्रो स्थानमा रहँदै प्लेअफ यात्रा पक्का गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका