Wed Jan 19 2022
आर्थिक

सुनको मुल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको हो । तेजाबी सुन आज प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर एक हजार २९५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको थियो ।