Tue Jan 25 2022
मुख्य खबर

सर्बोच्च अदालतका ५ जनाबाहेक बाँकी १४ न्यायाधीशहरु काममा फर्कने

काठमाडौँ – सर्वोच्च अदालतमा विगत केहि सातादेखि भइ रहेको प्रधानन्यायाधीश विरुद्ध आन्दोलनमा उत्रिएका न्यायाधीशहरुको मत विभाजित भइरहेको छ।

सर्वोच्च अदालत स्रोतका अनुसार अधिकांश न्यायाधीशहरु न्यायालय अवरुद्ध हुँदा नकारात्मक असर परेको भन्दै काममा फर्कन तयार भएका छन् ।

स्रोतका अनुसार आजबाटै गोलाप्रथा विधिबाट पेशी तोक्ने नियमावली स्वीकृत गरी काममा फर्किन तयार भएका छन्। एक न्यायाधीशका अनुसार पाँचजनाबाहेक अन्य न्यायाधीशहरुले काममा फर्किने प्रतिवद्धता जनाएका छन्।

उनका अनुसार न्यायाधीश हरिकृष्ण कार्की, दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र मीरा खड्काबाहेक अन्य काममा फर्किने भएका छन्। उनले यसरी मत बाझिन थालेपछि काममा फर्किन तयार नभएका पाँच न्यायाधीशहरु गोलाप्रथामा जाने सहमति भत्काउने प्रयासमा जुटेको आरोप लगाएका छन्।

उनले ती न्यायाधीशहरु भविष्यमा नेतृत्वमा आउने भएकाले सरकारसँग मिलेर काम गर्न र भागबण्डा सुरक्षित गर्न गोलाप्रथामा जाने पद्धति भित्र्याउन नचाहेको आरोप लगाएका छन्।