जोडिनुहोस
  • होमपेज
  • दिनभरको उतारचढावका बीच सामान्य बढेर बन्द भयो सेयर बजार

दिनभरको उतारचढावका बीच सामान्य बढेर बन्द भयो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य वृद्धि भएर बन्द भएको छ । दिनभरजसो उतार चढाव भइरहेको बजार ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा रोकिएको छ । आइतबार ०.३१ प्रतिशतले सेयर बजार बढेको हो ।

आइतबार २७२ धितोपत्रको ३४ हजार ३३१ वटा कारोबारबाट ४८ लाख २८ हजार ७७६ कित्ता सेयर किनबेच भएको छ । आइतबार कारोबार रकम १ अर्ब ६० करोड रुपैयाँको भएको छ । उपसूचकहरुमा समेत मिश्रित नजिता आएको छ । आइतबार विकास बैंक, वित्त, जलविद्युत, उत्पादन र प्रशोधन उपसूचकको मूल्य घटेको छ । अन्य उपसूचक भने बढेका छन् ।

आइतबार राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेवलमा बढेको छ । आदर्श लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ६.५६ प्रतिशतले गुमाए । शिवम् सिमेन्ट, राष्ट्रिय बीमा कम्पनी, तारागाउँ रिजेन्सी, सिटिजन्स इन्भेन्टमेन्ट ट्रष्ट, नेपाल टेलिकमसहितका कम्पनीको बढी कारोबार भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका