जोडिनुहोस
  • होमपेज
  • आइपिएलमा विराटको नयाँ किर्तिमान

आइपिएलमा विराटको नयाँ किर्तिमान

काठमाडौँ । विराट कोहलीले इण्डियन प्रिमियर लिग (आइपिएल) मा नयाँ किर्तिमान बनाएका छन् ।

विराटले आइतबार गुजरात टाइटन्सविरुद्ध शतक प्रहार गर्दै आइपिएलको इतिहासमा सर्बाधिक शतक बनाउने किर्तिमान बनाएका हुन् ।

विराटले लगातर दोस्रो खेलमा दोस्रो शतक बनाउदै आइपिएल इतिहासमा सात शतक बनाएका हुन् । उनले आइपिएलमा धेरै ६ शतक बनाउने वेस्टइण्डिजका क्रिस गेललाई पछि पार्दै यो रेकर्ड बनाएका हुन् ।

त्यस्तै आइपिएलको इतिहासमा लगातार शतक बनाउने तेस्रो खेलाडी बनेका छन् । यस अघि शिखर धवन र जोस बटलरले आइपिएलमा लगातार दुई शतक बनाएका थिए ।

त्यस्तै आइपिएलको इतिहासमा विराटपछि क्रिस गेलले ६ शतक बनाएका छन् भने जोस बटलरले ५ शतक बनाएका छन् ।

त्यसति केएल राहुल, डेविड वार्नर र शेन वाटसनले ४–४ शतक बनाएका छन् भने एबी डिभीलियर्स र सन्जु सामसनले ३(३ शतक बनाएका छन् ।

त्यसैगरी हाशिम अमला र शिखर धवनले २–२ शतक बनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका