Wed Jan 26 2022
मुख्य खबर

टर्किस एयरलाइन्सले लगायो नेपालसँगको उडानमा रोक

काठमाडौं । टर्किस एयरलाइन्सले नेपालसँगको उडानमा रोक लगाएको छ । टर्किसले कोरोना संक्रमणको जोखिम रहेको भन्दै ब्राजिल, दक्षिण अफ्रिका, नेपाल र श्रीलंकामा गर्दै आएको उडान स्थागित गरेको हो ।

टर्किस एयरको वरिष्ठ उपाध्यक्ष याहय उस्तुनले ट्विट गर्दै नेपाललगायतका मुलुकसँगको उडान स्थगित गरिएको जनाकारी दिएका हुन्।

उस्तुनले अर्को सूचना नआएसम्मका लागि सबै उडान बन्द गरिएको जनाएको छन् ।