Sat Jan 22 2022
मुख्य खबर

किसानको लागि वामपन्थी शक्तिहरुको भूमिका महत्वपूर्ण हुने एकीकृत समाजवादीका अध्यक्ष नेपालको भनाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।

अध्यक्ष नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको भन्दै कृषि क्षेत्रको रुपान्तरण प्राथमिकतामा पर्नुपर्ने बताए ।

कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमुल परिवर्तन हुने नेता नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु किसानको मुक्तिको लागि बनेको भन्दै किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

किसानको हित र कल्याण गर्नु नै आफूहरुको राजनीतिको मूल विषय भएको उल्लेख गरे ।

उनले सुकुम्बासीहरुको समस्या समाधानमा सरकारले ध्यान पु¥याउनुपर्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले अव्यवस्थित रुपमा बसोबास गर्नेहरुलाई सरकारले गाँस, बास र कपासको प्रत्याभूति गराएर सुरक्षित ठाउँमा राख्नुपर्ने बताए ।