Mon Jan 17 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा १ सय ८७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ८७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ४३ र भक्तपुरमा १८ संक्रमित छन्।

यस्तै, काठमाडौं उपत्यकामा १ हजार ४ सय ९८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४ सय ८६, भक्तपुरमा ४ सय ७४, ललितपुरमा ५ सय ३८ सक्रिय संक्रमित छन्।