जोडिनुहोस
  • होमपेज
  • लागुऔषधसहित वीरेन्द्रनगरबाट चार जना पक्राउ

लागुऔषधसहित वीरेन्द्रनगरबाट चार जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट चार जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । विशेष स्रोतको जानकारी पाएको प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुरबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर –१२ का १८ वर्षीय राजेश सोनी, ११ का ४० वर्षीय अब्दुल बक्स, सोही ठाउँका २७ वर्षीय स्नान बक्स र वडा नं.–१० बस्ने २७ वर्षीय उमेश बस्नेत छन् ।

उनीहरु पदमपुरको नविन सोनीको घरमा रहेको गोप्य सुचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो शाखाले छापा हानेको थियो ।

उनीहरुको साथबाट ५१ पुडिया लागुऔषध बरामद गरिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका