जोडिनुहोस
  • होमपेज
  • काभा महिला भलिबल आजबाट, नेपाल र किर्गिस्तान भिड्दै

काभा महिला भलिबल आजबाट, नेपाल र किर्गिस्तान भिड्दै

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता आज सोमबारबाट सुरु हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा प्रतियोगिता सुरु हुनेछ ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ ।

समूह ‘ए’ मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

नेपालले आज सोमबार किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल साँढे ४ बजे सुरु हुनेछ ।

यस्तै पहिलो दिन उज्वेकिस्तान र श्रीलंका तथा बंगालदेश र भारतबीच समेत प्रतिस्पर्धा हुनेछ । त्यस्तै माल्दिभ्स र काजकिस्तानबीच समेत खेल हुनेछ ।

प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ ।

राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका