Sun Jan 16 2022
मुख्य खबर

दाजुको हत्या गरेको आरोपमा एकजना पक्राउ

इलाम – इलामको सन्दकपुर गाउँपालिका–१ चापगैरीमा एक जनाको हत्या भएको छ ।

चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको आरोपमा भाइ चक्र मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । घटना सोमबार साँझ पौने ६ बजे भएको हो ।

काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा भाइले दाजुलाई चक्कु प्रहार गरेको प्रहरीको दाबी छ ।